Techie IT
Samayabaddha
मंगलबार, ५ जेठ, २०८३

नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गर्‍यो, अब प्रतिलिटर १६० रुपैयाँ


नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले वृद्धि गरेको छ। शनिवार बसेको निगम सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार मूल्य आज मध्यरातदेखि लागू हुनेछ। यससँगै काठमाडौँमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ।

इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५८ पैसा बढेर आएको छ भने डिजेलको मूल्य १८ पैसा घटेर आएपनि निगमले डिजेलको मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

त्यसैगरी, मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, हवाई इन्धनमा १ रुपैयाँ ३५ पैसा, र एलपी ग्यासमा प्रतिसिलिन्डर १४ रुपैयाँ ४९ पैसाले मूल्य वृद्धि भएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १५ अमेरिकी डलरका दरले बढाइएको छ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट