Techie IT
Samayabaddha
आईतबार, ७ भदौ, २०८३

प्रधानसेनापति सिग्देल ४ दिन भारत भ्रमणमा जाने


काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमण गर्ने भएका छन् ।

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा जाने कार्यक्रम तय गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भ्रमणका क्रममा उनी भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने जनाइएको छ ।

उक्त अवसरमा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने पनि निर्देशनालयले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट