Techie IT
Samayabaddha
शनिबार, २७ वैशाख, २०८२

रविमाथि प्रतिशोधपूर्ण व्यवहार भएको भट्टराईको आरोप


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राज्यले राजनीतिक प्रतिशोध साँधेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन्।

शुक्रबार पोखरास्थित कारागारमा सभापति लामिछानेलाई भेट्न पुगेका डा. भट्टराईले २० मिनेट कुराकानी गरेको समाचारमा जनाइएको छ ।

डा.भट्टराईले सभापति लामिछानेलाई अस्वभाविक रुपमा दुःख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको बताए।

भेटपछि संचारकर्मीहरुसँगको कुराकानीमा सहकारीसम्बन्धी समस्या सरकारमा रहने तीन ठूला राजनीतिक दलहरुकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको भट्टराईको आरोप छ ।

डा. भट्टराईले सहकारी पीडितहरुलाई न्याय दिनुपर्नै बताए। भेटका क्रममा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध लिएर समातिएको बताएको पनि पूर्वप्रधानमन्त्री भट्टराईले जानकारी दिए।

रवि लामिछानेलाई अनावश्यक दुःख दिएर सहकारी पीडितको समस्यालाई विषयान्तर गर्न खोजिएको डा.भट्टराईको आरोप रहेको छ ।

रास्वपाको प्रदर्शनमा ऐक्यवद्धता जनाउन आएको बताउँदै डा। भट्टराईले भन्नुभयो, ‘यो अलि अस्वाभाविक र अन्यायपूर्ण भयो भनेर मैले आफ्नो ऐक्यबद्धता जनाउन पनि यहाँ आएको हुँ ।’

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, लिखत किर्ते, सम्पत्ति शुद्धीकरणलगायतका मुद्धामा प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, रास्वपाले भने आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोध साँधेर सरकारले झूठा मुद्दा लगाएको आरोप लगाइरहेको छ ।

रास्वपा नेता–कार्यकताले लामिछाने रिहाइको माग गर्दै दिनहुँजसो प्रदर्शन गरिरहेका छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट