Techie IT
Samayabaddha
शनिबार, १७ असोज, २०८३

भारतीय रक्षामन्त्री रुस भ्रमणमा


मस्को । भारतीय रक्षामन्त्री राजनाथ सिंह रुस भ्रमणमा छन् । उनले मंगलबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए ।

भारतको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रक्षामन्त्री सिंह र रुसी राष्ट्रपति पुटिनबिच भारत(रूस अन्तरसरकारी आयोगको २१औँ सत्रका दौरान सैन्य तथा सैन्य प्राविधिक सहयोगका विषयमा वार्ता भएको जनाएको छ। यस क्रममा रक्षामन्त्री सिंहले पुटिनसँग द्विपक्षीय रक्षा सहयोगका विभिन्न विषयमा छलफल गरेका थिए।

पुटिन र सिंह दुवैले दुई देशबिच सहयोगको अपार सम्भावना रहेको र दुवैको प्रयासले उल्लेखनीय नतिजा ल्याउने बाटो खुला गर्ने बताएका छन्।

सिंहले पुटिनलाई भने, ‘दुई देशबीचको मित्रता अग्लो हिमालभन्दा अग्लो र गहिरो महासागरभन्दा गहिरो छ ।ु उनले भारत सधैँ आफ्ना रुसी मित्रहरूको साथमा रहेको र भविष्यमा पनि निरन्तर रहने बताए।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट