Techie IT
Samayabaddha
शनिबार, २८ चैत्र, २०८२

काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन


काठमाडौं । काठमाडौं महानगरपालिकाका पहिलो मेयर एवम् नेपाली कांग्रेसका पुराना नेता प्रेमलाल अर्थात पीएल सिंहको निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी निवासमा आज बिहान निधन भएको हो । ८७ वर्षीय सिंह केही वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए।

गणेशमान सिंहको मुख्य सहयोगी भएर काम गरेका उनी गणेशमानका धर्मपुत्रका रुपमा पनि चर्चित थिए। उनी २०४९ सालमा तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट