Techie IT
Samayabaddha
शुक्रबार, १९ वैशाख, २०८२

एनपिएल क्रिकेट : जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनल प्रवेश


काठमाडौं, ३ पुस । जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गरेको छ ।

आज भएको क्वालिफायरमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले १३९ रन बनाएको थियो । सुदूरपश्चिमले १८।३ ओभरमा २ विकेटको क्षतिमा १४० रनको लक्ष्य भेट्टायो ।

सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारी नायक बने । ५८ रनको उत्कृष्ट इनिङ्ग खेलेका उनी अन्तिमसम्म क्रिजमा टिके । त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी पनि २० रनमा अविजित रहे ।

क्वालिफायरमा पराजित जनकपुरले अब फाइनल पुग्नका लागि भोलि कर्णाली याक्सविरुद्ध खेल्नेछ । आजै भएको एलिमिनेटर खेलमा कर्णालीले चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

 


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट