Techie IT
Samayabaddha
आईतबार, २८ मंसीर, २०८२

वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ


काठमाडौं, ९ पुस । प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार सर्विया पठाउने भन्दै चार लाख रुपियाँ ठगी गरी सम्पर्कबिहीन बनेका स्थायी घर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ कर्थली भएर हाल काठमाडौं नयाँ बानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का पक्राउ परेका छन्।

यसैगरी, अमेरिका पठाउने भनी दुई लाख १७ हजार रुपियाँ ठगी गरी सम्पर्कबिहीन बनेका स्थायी घर नुवाकोट विदुर नगरपालिका घर भएर हाल काठमाडौंको कलंकी बस्ने ३६ वर्षीय पुन्यवती जोशी पक्राउ परेका छन्।

उनीहरुमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट