Techie IT
Samayabaddha
शनिबार, २९ कात्तिक, २०८२

रवि लामिछानेको बयान आज पनि लिइने


काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा हिजोदेखि बयान सुरू भएको छ ।

लामिछानेसँग हिजो न्यायाधीश नितिज राईले तीन घण्टा बयान लिएका हुन् । बयानमा लामिछानेले अभियोगपत्रमा भनेजस्तो सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर अभियोगमा हिजो उनको बयान नसकिएकाले आज पनि बयान लिइने अदालतले जनाएको छ ।

यसअघि गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईको बयान सकिएको छ भने राम बहादुर खनाल, कृष्ण बहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान लिन बाँकी छ ।

सूर्यदर्शन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सबैको बयान सकिएपछि मात्रै थुनछेक बहस हुने अदालतले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट