Techie IT
Samayabaddha
मंगलबार, १ वैशाख, २०८३

काठमाडौंमा भूकम्पको धक्का महसुस


काठमाडौं : काठमाडौं उपत्यकामा दिउँसो भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको जनाएको छ।

भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको धक्का सिन्धुपाल्चोक,  भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे, दोलखा आसपासमा महसुस गरिएको छ।

भूकम्पबाट केही क्षति भए नभएको बारे पूर्ण विवरण प्राप्त हुन बाँकी छ।

पछिल्लो समय बढी सुदूरपश्चिम क्षेत्रको विभिन्न ठाउँमा केन्द्र बिन्दु भएर भूकम्प गइरहे पनि यो पछिल्लो धक्का सिन्धुपाल्चोक केन्द्रविन्दुभएर गएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट