Techie IT
Samayabaddha
शनिबार, १७ असोज, २०८३

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाडामा शुरु


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

बैठक पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीको लागि केन्द्रित हुने बताइएको छ । बैठक शनिबारसम्म चल्नेछ।

बैठकमा सहभागी हुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन तथा पूर्व सभामुख तथा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा पनि पेरिसडाँडा पुगेका छन्। महरा लामो समयदेखि स्वास्थ्यको कारण निस्क्रिय रहँदै आएका थिए भने नन्द बहादुर पुन दुई कार्यकाल उपराष्ट्रपति बनेपछि लामो समय पार्टीको औपचारिक वैठकमा भाग लिएका थिएनन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट