Techie IT
Samayabaddha
आईतबार, ३१ साउन, २०८३

स्वास्थ्य बीमा अझैपनि व्यवस्थित छैन : मन्त्री पौडेल


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बीमाले राहत उपलब्ध गराएको भए पनि व्यवस्थित नरहेको बताएका छन् ।

स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयले गठन गरेको समितिले तयार पारेको प्रतिवेदन आज बुझ्दै मन्त्री पौडेलले आंशिक सुविधा मात्रैले नपुग्ने भएकाले मन्त्रालयले बीमाका बारेमा कार्यदल गठन गरी अध्ययन गरेको बताए ।

लक्षित समूहले पूर्णरूपमा लाभ लिनेगरी स्वास्थ्य बीमा अघि बढाउन जरुरी आवश्यक रहेको भन्दै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको उल्लेख गरे ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट