Techie IT
Samayabaddha
बुधबार, २४ असार, २०८३

माओवादी केन्द्रीय समिति बैठकमा पूर्वउपराष्ट्रपति उपाध्यक्षको कुर्सीमा


काठमाडौं, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक ललितपुरको एक पार्टी प्यालेशमा सुरू भएको छ।

बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ पनि सहभागी छन्। उनी केही समयअगाडि भएको स्थायी समितिको बैठकमा पनि सहभागी भएका थिए। पुन अध्यक्ष प्रचण्डसँगै रहेको वरिष्ठ उपाध्यक्ष, र महासचिवको लाइनमा बसेका छन्।

नेपालको इतिहासमा उपराष्ट्रपति कार्यकाल समाप्त भएपछि पनि पुनः राजनीतिमा सक्रिय हुने उनी पहिलो नेता हुन्। यसोत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि एमालेको राजनीतिमा सक्रिय हुन खोजिरहेकी छिन् ।

बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गर्ने र लगत्तै प्रस्तुत प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, २ सय ५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ सय २५ जना गरी ८ सय १४ जनाको सहभागिता रहने बताइएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट