Techie IT
Samayabaddha
बिहीबार, १८ असार, २०८३

सन्तोष गौतमलाई कृष्णसेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान


म्याग्दी, २१ पुस । म्याग्दीका क्रियाशील पत्रकार सन्तोष गौतमलाई कृष्णसेन मदन स्मृति क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाको शनिवार बेनीमा सम्पन्न पाँचौ जिल्ला सम्मेलनको अवसरमा पत्रकार गौतमलाई नगद ७ हजार रुपियाँसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नौ वर्ष अघि प्रेस सेन्टर म्याग्दीले उक्त पुरस्कार स्थापना गरेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारी, पुरस्कार कोषका संरक्षक विनोद केसी, नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिका अध्यक्ष शेरबहादुर केसी, प्रेस सेन्टरका केन्द्रिय उपमहासचिब एवं गण्डकी प्रदेश इन्चार्ज दिपक श्रेष्ठ, प्रदेश अध्यक्ष अर्जुन काफ्ले लगायतले गौतमलाई पुरस्कार प्रदान गरे।

विगत डेढ दशकदेखि म्याग्दीको पत्रकारितामा सक्रिय रहेका गौतम रासस र अन्नपूर्ण पोष्ट दैनिकमा आबद्ध छन् । बेनीबाट प्रकाशित हुने रिखार दैनिक र धौलागिरी खवर अनलाइनका प्रकाशक हुन्। हरेक तीन बर्षमा प्रदान गरिने यस पुरस्कार यसअघि कमल खत्री, घनश्याम खड्का, ठाकुरप्रसाद आचार्य र धिरन खत्रीलाई प्रदान गरिएको थियो ।


क्याटेगोरी : समाचार, साहित्य

प्रतिक्रिया


ताजा अपडेट