Techie IT
Samayabaddha
शनिबार, २७ वैशाख, २०८२

एकताका लागि वार्ता गर्न लोसपाले गठन गर्‍यो समिति


काठमाडौं। सत्ताधारी दल नेपाली कांग्रेस–नेकपा एमालेले संविधान संशोधन गर्ने भएपछि मधेस केन्द्रित दलहरू एकीकृत हुन थालेका छन् ।

त्यसका लागि विभिन्न दलसँग वार्ता गर्न पार्टीहरूले धमाधम समिति गठन गर्न थालेका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आइतबार पार्टीका उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।

समितिको सदस्यमा उपाध्यक्षहरु उमाकान्त झा, रामप्रकाश चौधरी, महासचिवहरु डा.सुरेन्द्रकुमार झा र मनिषकुमार मिश्र रहेका छन् ।

विभिन्न संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि विभिन्न राजनीतिक शक्तिबिच सहकार्य तथा कार्यगत एकता आजको आवश्यकता रहेको लोसपाले जनाएको छ ।

यसैगरी, यसअघि अशोक राई नेतृत्वको जसपाले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरिसकेको छ । त्यस्तै, ह्रदयश त्रिपाठी नेतृत्वको जनता समाजवादी पार्टीले पनि यसअघि पार्टीका उपाध्यक्ष डा।शिवजी यादवको नेतृत्वमा समिति गठन गरेको छ । त्यसमध्ये सबभन्दा पहिले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

जनता प्रगतिशील पार्टीले गठन गरेको वार्ता समितिले एक चरण सबै पार्टीसँग संवाद गरिसकेको छ । त्यो संवादपछि सबै दलहरूले आ–आफ्नो पार्टीमा वार्ता समिति गठन गरिरहेका छन् । वार्ता र संवादपछि केही दिनमै सहकार्यका लागि मोर्चाको घोषणा हुने बताइएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट