सुनका मूल्य बढ्यो
काठमाडौं, २४ पुस । आज सुनको मूल्य बढेको छ। विगत दुई दिनसम्म प्रतितोला एकलाख ५२ हजार रुपैयाँमा स्थिर रहेको सुनको मूल्य आज पाँचसय रुपैयाँ बढेको हो।
आज सुन तोलाको एकलाख ५२ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको आइतबार एक हजार पाँच सय रुपैयाँ घटेको सुनको मूल्य त्ययताका दुईदिन घटबढ् भएको थिएन।
आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ३० रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ। गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।
क्याटेगोरी : अर्थ



















प्रतिक्रिया