Techie IT
Samayabaddha
शनिबार, २७ वैशाख, २०८२

सांसद ऋषिकेश पोखरेलका निस्कासित स्वकीय सचिव पोखरेल पक्राउ


काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो ।

मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नारायण चिमोरियाका अनुसार पोखरेलमाथि एमबीबीएसमा भर्ना गराइदिने भन्दै सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

पीडित चौधरी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बासिन्दा हुन्।

यस सम्बन्धमा सोमबार मोरङ जिल्ला अदालतले पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पुस १९ गते अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेका थिए।

सभापति पोखरेलकी श्रीमती अञ्जला कोइराला मोरङको उमा गौरी कृषि सहकारी संस्था लिमिटेडको रकम ठगी प्रकरणमा मुछिएकी छिन । हिजो पौष २४ गते सभापति पोखरेलकी श्रीमती कोइराला १० लाख धरौटीमा पक्राउ नपरी रिहा भएकी छन् ।
बुधबार मात्रै जिल्ला अदालत मोरङमा उपस्थित भएकी कोइराला विरुद्धको मुद्दामा सुनुवाइ गर्दै धरौटीमा रिहा गरेको भन्दै सर्वत्र आलोचना भएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट