Techie IT
Samayabaddha
बिहीबार, २७ कात्तिक, २०८२

रवि लामिछानेलाई जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउन माग राख्दै उच्च अदालतमा पुनरावेदन


कास्की, ७ माघ । कास्कीको सूर्यदशन सहकारीको रकम ठगी प्रकरणमा रवि लामिछानेलगायत ७ जनालाई जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउन माग राख्दै उच्च अदालत पोखरामा पुनरावेदन भएको छ ।

जिल्ला अदालत कास्कीले लामिछानेलगायत सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएपछि उनीहरू थुनामुक्त भएका थिए । जिल्ला सरकारकी वकिल कार्यालयले जिल्लाको सो आदेशविरुद्ध सोमबार उच्च अदालत पोखरामा पुनरावेदन गरेको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले २५ पुसमा ठगी प्रकरणका जोडिएका रास्वपा सभापति लामिछाने, छविलाल जोशीलागयतलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले रविसँग ६५ लाख र छविसँग ८८ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

कास्की अदालतपछि काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि रवि र छविलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । लामिछानेविरुद्ध आइतबार मात्र जिल्ला अदालत रुपन्देहीमा सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएको छ । यस्तै चितवनस्थित साहारा सरकारी ठगी प्रकरणमा पनि लामिछानेविरुद्ध मुद्दा चलाउने रायसहित प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट