Techie IT
Samayabaddha
शनिबार, २० वैशाख, २०८२

ट्रम्प शासन आजबाट शुरु भएसँगै अमेरिकी शेयर बजार अस्थीर हुने विश्लेषकहरुको भविश्यवाणी


अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शासन शुरु हुन अब केही घण्टा मात्र बाँकी छ । र, त्योसँग सँगै अमेरिकामा मात्र होइन, विश्वभर नै अनेक शंका आशंकाहरु व्यक्त भइरहेका छन् ।

‘अब के होला ?’

अहिले यो प्रश्न चौतर्फीरुपमा उठिरहेको छ । विश्वको राजनीतिमा,आर्थिक क्षेत्रमा मुख्य प्रतिस्पर्धी रहेका अमेरिका—चीन सम्वन्धमा, अमेरिकाको आप्रवासन नीतिमा र स्टक मार्केटसम्ममा अहिले प्रश्नहरु उठिरहेका छन् ।

भनिरहनु नपर्ला, यी प्रश्नहरु उनी पहिलो पटक राष्ट्रपति हुँदा सन् २०१७ मा पनि उठेका थिए । उनको त्यो शासनकाल हेर्दा जति शुरुमा जति ‘आतंक’ मच्चिएको थियो, शासनकालको दौरान खासै त्यस्तो भएन ।
के यसपटक विगतको भन्दा फरक, साँच्चै नै फरक होला ? र,आशंका गरिएझै ‘ट्रम्पोनोमिक्स’ले विश्वको अर्थतन्त्रको दिशा बदल्ला रु

सबैभन्दा पहिले कुरा गरौं स्टक मार्केटको ।

ट्रम्पको सपथ ग्रहणको दिन सोमबार,मार्टिन लुथर किंगको जन्मदिन भएकोले अमेरिकामा सार्वजनिक विदा दिइन्छ । त्यसको अर्थ स्टक मार्केटहरु बन्द हुन्छन् । त्यसैले आइतबार नियमित साप्ताहिक सार्वजनिक विदा र सोमवार मार्टिन लुथर किंगको जन्मजयन्ती मनाउन दिइने विशेष विदा भएकोले राष्ट्रपति ट्रम्पको शासन व्यवस्थालाई स्टक मार्केटले कसरी लिनेछ भन्ने कुरा मंगलबार बल्ल स्पष्ट हुनेछ ।

नोभेम्बरमा ट्रम्पले चुनाव जिते लगत्तै अमेरिकी शेयर बजारमा एक किसिमको उछाल आएको थियो । र, धेरै शेयर विश्लेषकहरु ट्रम्पको शासनलाई शेयर बजारले निकै तगडारुपमा शुभकामना दिएको थियो ।

यद्यपि, नयाँ वर्षको सुरुवातमा गति रोकियो र बजार धिमा गतिमा अगाडि बढ्यो । ट्रम्पको सपथ ग्रहणपछि अब के होला ? एक, दुई दिनपछि स्पष्ट हुनेछ ।

इन्टरएक्टिभ ब्रोकर्सका वरिष्ठ अर्थशास्त्री जोसे टोरेसको भनाईलाई मान्ने हो भने ट्रम्प शुरुदेखि नै भन्सार र करका दरहरुमा ठूलो फेरबदल गर्ने तयारीमा छन् । त्यसको सोझो असर शेयर बजारमा पर्न सक्छ । त्यो भनेको शेयर बजारको गतिलाई नियन्त्रण गर्नु नै हो । खासगरी चिनिया लगानीलाई नियन्त्रण गर्ने,अमेरिकामा कारोबार गरिरहेका चिनिया कम्पनीका उत्पादनहरुमाथि पनि कडाई गर्ने ट्रम्पको योजनाले अमेरिकी पूंजी बजारलाई धक्का दिन सक्ने विश्लेषकहरुको भनाइ छ ।

रेमन्ड जेम्सका प्रमुख लगानी अधिकृत ल्यारी एडमको भनाइ त अझ गम्भीर छ । उनी भन्छन् अबको समय शेयर बजारमा साँच्चै अनिश्चितताको समय हो । त्यसैले तपाई अमेरिकी शेयर बजारमा लगानी गर्न चाहानुहुन्छ सन् २०२५ भन्दा पनि धेरै परको समयलाई सोचेर लगानी गर्नुस् ।

अमेरिकी शेयर बजार विश्लेषक जेसन प्राइडको भनाइ पनि रेमण्ड जेम्सको जस्तै छ । उनी भन्छन् तपाईले बुझ्नुहोस्, अब बजारमा अप्रत्याशित मोडहरू अपरिहार्य बनेका छन् र लगानीकर्ताहरूमा अन्योलता आउंदैछ,बजार अस्थिर हुँदैछ,त्यस्तो अवस्थाको बीचमा म टिक्छु,सफल हुन्छु भन्ने आत्मविश्वासका साथ लगानी गर्नुस्, कमजोर आत्म विश्वांसले तपाई बजारमा टिक्न सक्नुहुन्न ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थ

प्रतिक्रिया


ताजा अपडेट