Techie IT
Samayabaddha
बिहीबार, २७ कात्तिक, २०८२

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार जना घाइते


बैतडी । बैतडीको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर सिगास गाउँपालिका–१ बैतडीकी १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा सिगास–१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् ।

उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जीपका चालक भने फरार रहेका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट