Techie IT
Samayabaddha
शनिबार, २२ कात्तिक, २०८२

एमालेले बोलायो संसदीय दलको बैठक


काठमाडौँ, १३ माघ । नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न स संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ ।

आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट