Techie IT
Samayabaddha
बिहीबार, २५ असार, २०८३

प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनको पहिलो दिन नै संसद्‌मा सम्बोधन गर्ने


काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन नै संसद्‌मा सम्बोधन गर्ने भएका छन्। संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ।

उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। आइतबार सभामुख देवराज घिमिरेले सत्तारूढ दलका सचेतक र प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। त्यसक्रममा सभामुखलाई प्रधानमन्त्रीले पहिलो दिन नै सम्बोधन गर्ने तय भएको बारेमा जानकारी दिएको पनि बताए।

सभामुखसँगको छलफल संसद्को प्रभावकारीताबारे केन्द्रित रहेको प्रमुख सचेतक बर्तौलाले सुनाए। ‘सभामुखसँग मुख्यतः संसद्को प्रभावकारीताकै विषयमा छलफल भयो’, उनले भने, ‘संसदमा विचाराधीन विधेयकलाई शीघ्र अघि बढाउने, अब सरकारले ल्याउने विधेयक लगायतका विषयमा छलफल भयो ।’

सभामुख घिमिरेले आइतबार नै प्रमुख प्रतिपक्षीसहित विपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्दै छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट