Techie IT
Samayabaddha
बिहीबार, १८ असार, २०८३

सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटी बदरको माग गर्दै रवि उच्च अदालतमा


पोखरा, १४ माघ । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटी बदरको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उच्च अदालत पुगेका छन्। सोमबार उक्त धरौटी बदर गरी साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै लामिछानेले पोखरा उच्च अदालतमा निवेदन दिएका हुन्।

कास्की अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेसँग ६५ लाख धरौटी मागेको थियो। पोखरा उच्च अदालतका सूचना अधिकारी उप–रजिस्ट्रार निलप्रसाद पनेरूले निवेदन दर्ता भएको जानकारी दिए।

यसअघि लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेर जिल्ला सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट