Techie IT
Samayabaddha
मंगलबार, ८ वैशाख, २०८३

अमेरिकाले निष्कासन गर्ने आप्रवासीमा १,३६५ नेपाली


काठमाडौं । अमेरिकाले आफ्नो नयाँ आप्रवासन नीतिअनुसार १,३६५ जना नेपालीलाई देशनिकाला गर्ने भएको छ । अमेरिकाले आफ्नो देशमा बस्दै आएका अवैध आप्रवासीको सूची सार्वजनिक गरेको छ। डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पद सम्हालेसँगै अवैध आप्रवासीलाई आफ्नै देश फिर्ता पठाउने निर्णय गरेका थिए।

सोहीअनुसार अमेरिकी अध्यागमन कार्यालयले आफ्नो देशमा बसिरहेका अवैध आप्रवासीको संख्या १४ लाख ४५ हजार पाँचसय ४९ जना रहेको उल्लेख गरेको हो। अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट अन्तर्गतको इन्फोर्समेन्ट एण्ड रिमुभल अपरेसन्सको दस्तावेजमा यो लिस्ट खुलासा भएको हो ।

‘नोभेम्बर २४,२०२४ सम्म, १४ लाख ४५ हजार पाँचसय ४९ जना गैरनागरिकहरू भेटिए । जसलाई अमेरिकाबाट हटाउनुपर्नेछ’ अमेरिकी अध्यागमन कार्यालयलाई उदृत गर्दै विदेशी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अमेरिकाबाट निष्कासित हुनेमा नेपालीहरू पनि छन्। त्यहाँस्थित अध्यागमन कार्यालयका अनुसार अमेरिकाबाट निष्काशन पर्ने नेपालीको संख्या एक हजार तीनसय ६५ जना छ।

अमेरिकाबाट बाहिरिने आप्रवासीमा सबैभन्दा धेरै होन्डुरसका छन्। होन्डुरिसका २ लाख ६१ हजार छ सय ५१ जना अमेरिकाबाट बाहिरिने सूचीमा छन्। त्यस्तै ग्वाटेमालाका दुई लाख ५३ हजार चारसय १३, मेक्सिकोका दुई लाख ५२ हजार ४४ र एल साल्भाडोरका दुई लाख तीन हजार आठ सय २२ जना छन्।

चीनका ३७ हजार नौसय आठ, भारतका १७ हजार नौसय ४० जना, अफगानिस्तानका एक हजार सातसय आठ जना, बंगलादेशका चार हजार आठसय ३७ जना, बहराईनका १७ जना छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट