अखिल क्रान्तिकारीको निर्वाचन: अध्यक्षमा प्रचण्ड पक्ष, महासचिवसहित बहुमतमा जनार्दन शर्मा पक्ष विजयी
काठमाडौं । अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटाले ७३ मतको अग्रतासहित जित हात पारेका हुन् । यद्यपि, निर्वाचन समितिले औपचारिक रूपमा विजयी घोषणा गर्न बाँकी छ ।
महासचिवमा रोशन थापामगर निर्वाचित
महासचिव पदमा रोशन थापामगर विजयी भएका छन् । अन्तिम नतिजा अनुसार थापामगरले ५९८ मत प्राप्त गरी जित दर्ता गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरे ।
९ उपमहासचिव चयन
नवनिर्वाचित ९ जना उपमहासचिवमध्ये कोशी प्रदेशका विपिन पोखरेलले सर्वाधिक ८३१ मत प्राप्त गरे । अन्य उपमहासचिवहरू निम्नानुसार छन्: मधेश : गजेन्द्र यादव (४०७ मत), बागमती : निर्मला गौतम (८०३ मत), गण्डकी : भगवान बास्तोला (७६९ मत), लुम्बिनी : रेशम अधिकारी (६२८ मत), कर्णाली : प्रकाश अधिकारी (६०४ मत), सुदूरपश्चिम : रामचन्द्र भट्ट (३९९ मत), उपत्यका विशेष : निरोज श्रेष्ठ (६४८ मत), विश्वविद्यालय : जटिल कार्की (६४८ मत) ।
नवनिर्वाचित ९ जना उपमहासचिवमध्ये निरोज श्रेष्ठ र विपिन पोखरेल बाहेक सबै हेमन्त राई पक्षका हुन् । हेमन्त राई प्यानल माओवादी केन्द्रका नेता जनार्दन शर्मा समर्थित हो।
सचिव र कोषाध्यक्षमा पनि जनार्दन शर्मा पक्षको वर्चस्व
१२ वटा सचिव पदमध्ये यसअघि शर्मा पक्षका वीरेन्द्र जिसी, समकृति पुन, अमर मण्डल, आस्र्टिक मोक्तान र युन्छोङहाङ मावो विजयी भइसकेका छन् । कोषाध्यक्ष पदमा फुलमाया राना खुशी विजयी भएकी छन् । कोषाध्यक्ष पनि शर्मा पक्ष नै विजयी भएकी हुन ।
नेतृत्वमा शक्ति सन्तुलन
यस निर्वाचनमा अध्यक्ष पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष विजयी भए पनि महासचिवसहित अन्य प्रमुख पदाधिकारीमा जनार्दन शर्मा पक्ष बलियो देखिएको छ । यो नतिजाले अखिल (क्रान्तिकारी) भित्र शक्ति सन्तुलनको संकेत गरेको छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया