Techie IT
Samayabaddha
शुक्रबार, ५ असार, २०८३

काठमाडौंको यी क्षेत्रमा पाँच घण्टा विद्युत कटौती हुने


काठमाडौं, १७ माघ । काठमाडौँका केही ठाउँमा आज पाँच घण्टासम्म विद्युत् सेवा कटौती हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै बलम्बु सव स्टेशनको सतुंगल फिडर अन्तर्गत पर्ने केही ठाउँमा बिहीबार बिहान ११ बजेदेखि दिउँसो चार बजेसम्म विद्युत् सेवा कटौती हुने जानकारी दिएको हो।

विद्युतीय वितरणलाइन भूमिगत कार्यका लागि विद्युत् सेवा कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ। कन्चन गेट, बोसीगाँउ, बौथली र सतुङल चोक लगायतका सम्पूर्ण क्षेत्रमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ।

‘विद्युत् कटौती हुँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ। निर्धारित समय अगावै काम सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्नेसमेत जानकारीको लागि अनुरोध छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट