Techie IT
Samayabaddha
शुक्रबार, २६ असार, २०८३

प्रचण्ड चितवनमा, छोरीले गरिन् स्वागत


चितवन, १९ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शनिबार) चितवन पुगेका छन्।

काठमाडौँबाट आज बिहान चितवन पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डलाई भरतरपुर महानगरपालिकाकी मेयर रेनु दाहालले स्वागत गरेकी थिइन्। रेनु प्रचण्डकी छोरी हुन्।

माओवादी केन्द्रका अनुसार अध्यक्ष प्रचण्ड त्यहाँ पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन्। साथै संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघको ७औँ स्थापना दिवस तथा वार्षिक साधारण सभामा पनि उनी सहभागी हुने कार्यक्रम छ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट