Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

गैरआवासीय नेपालीलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने काँग्रेस सांसद विष्णुकुमारी सापकोटाको भनाई


काठमाडौं, २० माघ । नेपाली काँग्रेसकी राष्ट्रियसभा सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन) लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएकी छिन्।
राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनले एनआरएन पनि नेपाली नै भएकाले वंशजको नागरिकता दिनुपर्ने माग जिकिर गरिन्।

एनआरएन विदेशमा काम गर्न गएका र नेपालमा आउँदा भिसा लाग्ने प्रणाली हटाउनुपर्ने उनको भनाइ छ। सरकारले अध्यादेशमार्फत ल्याएको आमाको नामबाट नागरिकता पाउने कुरा स्वागतयोग्य रहेको सापकोटाको भनाइ छ।

‘आमाको नामबाट नागरिकता बन्ने जुन अध्यादेश आएको छ, यो एकदमै राम्रो छ,’ उनको भनाइ छ, ‘एनआरएनका साथीहरुलाई पनि वंशजको नागरिकता दिनुपर्छ। किनभने उनीहरु नेपाली हुन्। विदेशमा काम गर्नको निम्ति गएका हुन्। उनीहरुलाई वंशजको नामबाट नागरिकता दिनुपर्छ र नेपालमा आउँदाखेरी आफ्नो देशमा भिसा लाग्ने सिस्टम हटाउन आग्रह गर्दछु।’

सापकोटाले दुई दलले मात्रै संविधान संशोधन हुन नसकेपनि सबै राजनीतिक दलहरुसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिइन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट