चाैतर्फी विराेध भएपछि वागमती प्रदेश इञ्चार्जबाट अग्नि सापकोटालाई विदाइ

नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटाकाे चाैतर्फी विराेध भएपछि उनलाई वागमती प्रदेश इञ्चार्जबाट हटाइएको छ । पार्टीभित्र सही-गलत छुट्याउन नसक्ने प्रवृत्ति हावी भएको र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको छायाँमा परेको आरोप लागेपछि उनको भूमिकामा परिवर्तन गरिएको हो । वाहिर महासचिव र त्यसमाथिकाे भूमिकामा रहेकालाई संगठन र पार्टीको भूमिकामा नल्याउने बताइएकाे छ । उनी प्रेस सेण्टरकाे इञ्चार्जकाे भूमिकामा कायम नै छन् ।
सापकोटाको राजकीय शैली र कार्यशैलीको आलोचना गर्दै माओवादीभित्रकै एक समूहले उनको विस्थापनको माग गरेको थियो । उनी प्रदेश इञ्चार्जबाट हटे पनि पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुखको भूमिकामा कायमै रहनेछन् । अध्यक्ष पुष्पकमललाई उनले एशियाकाे लेनिन भनेर सार्वजनिक रूपमा प्रशंशा गर्दै अध्यक्ष निकट रहिरहेका छन् ।
यसैबीच, गण्डकी प्रदेशका इञ्चार्ज दीनानाथ शर्मालाई पनि हटाइनुपर्ने आवाज उठे पनि उनलाई पार्टीले कायम राख्ने निर्णय गरेको छ ।
सापकोटा र शर्मा स्वस्थानी ब्रत कथामा वर्णित गणेश प्रवृत्तिका रूपमा स्थापित छन् । पार्टीमा जुनियर नेताहरूको तुलनामा उनीहरूले निरन्तर प्रभावशाली भूमिका पाइरहेका छन्, जसलाई केही नेताहरूले आलोचनात्मक रूपमा लिएका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया