Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौंमा, आजै राष्ट्रपति पौडेलाई भेट्ने


काठमाडौं, २२ माघ । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् । एयरपोर्टबाट उनी लैनचौरस्थित बेलायती दूतावास गएकी छन् ।

उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।

राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुनेछन् । काठमाडौं आएपछि उनीहरू दुवैजना दिउँसो पौने ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् ।

त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता हुने जनाइएको छ । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।

नेपाल बसाइँको क्रममा क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने छन् । बेलायती सञ्चार माध्यमका अनुसार उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् ।

निजी भ्रमणका क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जाने तालिका समेत रहेको गृह स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट