Techie IT
Samayabaddha
शनिबार, १३ असार, २०८३

बेनी–जोमसोम खण्ड सडकमा मानव कङ्काल फेला


पर्वत, २२ माघ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ सामाग्री छैरो चौर स्थित बेनी–जोमसोम खण्डको सडकमा एउटा मानव कङ्काल फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार पानी निकास गर्न बनाइएको कल्भर्ट (नाला) भित्र कुनै पनि परिचय खुल्न नसेकेको कङ्काल फेला परेको हो। गत आइतबार साँझ पौने छ बजेको समयमा नाम थर, वतन, लिङ्ग समेत नखुलेको शव फेला परेको हो।

छोटो कपाल भएको, ५.२ फिट उचाइ भएको, रातो कालो तेर्सो धर्सा भएको कलर भएको टिसर्ट लगाएको, रातो रङ्गको स्विटर लगाएको, साइडमा तीन वटा सेतो डोरा भएको कालो रङ्गको ट्राउजर लगाएको, कम्मरमा रातो कपडाको डोरा (धागो) कन्दनी बाँधेको, टिसर्टको खल्तीमा भारतीय सिक्काहरू रहेको अवस्थामा उक्त शव फेला परेको हो।

यदि कसैले चिनेमा वा शङ्का गर्न सक्ने भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय मुस्ताङमा सम्पर्क गर्न मुस्ताङ प्रहरीले अनुरोध गरेको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट