Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

दैलेखमा भूकम्पको धक्का


काठमाडौं । दैलेखमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार साँझ ५ः२० बजे दैलेखको तोलीजैसी आसपास केन्द्र भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का अछाम, सुर्खेत, कालीकोटसहित आसपासमा पनि महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि माघ ११ गते पर्वत केन्द्र भएर भूकम्प गएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट