Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

राष्ट्रपति पौडेलसँग बेलायतका राजकुमार दम्पतीको भेट


काठमाडौं । नेपाल भ्रमणमा आएका बेलायका राजकुमार एवम् एडिनबर्गका ड्युक एड्वार्ड र उनकी श्रीमती सोफीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

आज दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राजकुमार एड्वार्ड र उनकी श्रीमती सोफियाले पौडेलसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

आज बिहान साढे ११ बजे सोफी र त्यसको केहीबेरपछि एड्वार्ड काठमाडौं आइपुगेका हुन् । दुवै जनालाई परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेका थिए ।

बेलायती राजकुमार दम्पतीको सुरक्षामा नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । उनीहरूलाई ‘ख श्रेणी’ को सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

बेलायती राजकुमार दम्पती ब्रिटिश गोर्खाको शिविरमा जाने कार्यक्रम छ । यस्तै काठमाडौं, पोखरा र घान्द्रुकका विभिन्न ठाउँमा घुमघामको पनि तालिका रहेको छ ।

बेलायती राजकुमार दम्पतीको सन् २०२५ को यो पहिलो विदेश भ्रमण हो । उनीहरू आउँदो आइतवार स्वेदश फर्कनुहुनेछ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट