Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

कस्तो रहला आज दिनभरको मौसम ?


काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज तीन वटा प्रदेशमा बादल लागेको छ । बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा हिजो हल्का वर्षा भएको तर अबका तीन दिन आज, भोलि र पर्सि आंशिक रुपमा बादल लाग्ने मौसमविद् विनु महर्जनले बताइन् । उनका अनुसार बादल लागेको क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना छैन ।

महाशाखाका अनुसार तराईरमधेसका केही ठाउँमा हुस्सु छ । आज दिउँसो देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ ।

कर्णाली, सुदूरपश्चिम, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

आज बिहान काठमाडौंमा न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंमा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने अनुमान छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट