Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

माओवादी नेता तिलक लामाद्वारा व्यावसायिक साझेदार ठगी सम्बन्धी समाचारको खण्डन


श्री सम्पादक 
समयबद्ध अनलाइन

विषय: खण्डन प्रकाशित गरिदिनेबारे ।

उपर्युक्त सम्बन्धमा म खण्डन प्रेसितकर्ता तिलक बहादुर लामा रोशी–११, तपाईंको लोकप्रिय अनलाइन पत्रिकामा मिति २०८१।१०।२२ गते प्रकाशित “माओवादी नेता तिलक लामाद्वारा व्यवसायिक साझेदार ठगी” शिर्षकमा प्रकाशित समाचारको खण्डन गर्न चाहन्छु । समाचारमा प्रस्तुत गरिएको व्यहोरामा मेरो गम्भीर ध्यानाकर्षण भएको र सत्यतथ्यलाई पन्छाएर कपोकल्पित समाचार प्रकाशित गरिँदा मेरो चरित्र उपर गम्भीर असर पर्न गएको छ । यसर्थ समाचारमा आएभन्दा पृथक व्यहोरा उक्त भ्रामक समाचारको खण्डन म तपसिल बमोजिमको व्यहोरा मार्फत् गर्न चाहन्छु ।

साझेदार नविन कुमार स्याङ्तानको संयोजनमा मिरा तामाङ–१५, शरण श्रेष्ठ १५, नविन कुमार स्याङ्तान १५, विनय बुढाथोकी १५, किरण थापा १० र म तिलक लामा १५ प्रतिशतको हिस्सेदार रहने सहमति भएको हो ।

एक करोडको कुल पूँजी रहने गरी स्थापना गरिएको राईम लाउञ्ज एण्ड बारको पूँजी १५ लाख चुक्ता हुन नसकेकोले ५५ शेयर थप गरी नविन कुमार स्याङ्तानले २० प्रतिशत शेयर लिन मञ्जुर भई रकम दाखिला गरेको हो । यसको शेयर हस्तान्तरण पछि गर्ने सहमति भएको र हरि पौडेललाई पनि ५ प्रतिशत शेयर मौखिक सहमतिमा दिइएको हो । यसप्रकार १ करोडमा ९५ लाख रकम शेयरबाट जुटेकोमा रेष्टुरेन्टमा १ करोड १९ लाख खर्च भएको कुरा सबै साझेदारलाई जानकारी भएको कुरा हो ।

रेष्टुरेन्ट सञ्चालनमा आएको तीन महिनासम्म कम्पनीकी अध्यक्ष मिरा तामाङले सञ्चालनको सबै जिम्मेवारी लिई नाफा घाटा, व्यापार र दायित्वको हिसाब नबुझाई युके पलायन भए पश्चात् रेष्टुरेन्ट चलाउन दायित्व भारका कारण असमर्थ भई संवाद समेत भएको हो । रेष्टुरेन्ट स्थापनाको दायित्व २४ लाख कर्मचारी तलब, घर भाडा, बिजुली, पानी लगायतको भार समेत तिरोतारो नगरी विदेश भागेर नविन कुमार स्यङतानसंग बसेकी कम्पनी अध्यक्ष मिरा तामाङका कारण धारासायी बनेको कम्पनकिो कर्मचारी तलब, घरभाडा ९ महिनाको, शरण श्रेष्ठ र म तिलक बहादुर लामाले भुक्तानी गरेको कुरा स्पष्ट गर्न चाहन्छु ।

यसपश्चात ४५ लाखमा रेष्टुरेन्ट बिक्री गर्ने बहुमत सञ्चालकको सहमति अनुरुप रेष्टुरेन्ट बिक्रि भएकोमा १२ लाख अझै प्राप्त हुन बाँकी रहेको र नगद प्राप्त भएको रकमले रेष्टुरेन्ट स्थापना गर्दाको ऋण र त्यस पश्चात्को घरभाडा एवं कर्मचारी तलब भुक्तान भएको स्पष्ट गर्न चाहन्छु । यसमा कम्पनीका बहुमत साझेदार सहमत भएकोमा खुद अध्यक्ष मिरा तामाङको समेत त्यसबेला पूर्ण सहमत रहेको प्रमाण पेश गर्दछु । यसबीचमा विवाद खडा गर्ने नविन कुमार स्याङ्तानले २० प्रतिशतमध्ये वैधानिक रुपमा शेयर हस्तान्तरण भइ नसकेको तर त्यसबेला सबैको सहमतिमा निजलाई दिइएको थप ५  प्रतिशत शेयरको रकम रु। ५ लाख अहिले फिर्ता गर्नैपर्छ भन्ने कुरामा बाँकी बहुमत साझेदार सहमत हुन नसकेका कारण विषय र व्यहोरा गोलमटोल गरी भ्रामक समाचार प्रकाशन गर्ने र पार्टीमा गलत व्यहोरा लेखी निवेदन दिएको कुरासँग कहीँ कतै सहमति गर्न नसकिएको हो । यसै प्रसंगलाई लिएर छापिएको समाचारको खण्डन प्रकाशित गर्न आग्रह गर्दै साझेदारहरुबिच भएको छलफल र सहमतिको प्रमाण आवश्यक परे जुनसुकै ठाउँमा पेश गर्न तयार रहेको जानकारी गराउन चाहन्छु । तिलकबहादुर लामा, रोशी–११, साझेदार सञ्चालक,राईम लाउन्ज एण्ड बार प्रालि

 

                                                                                                                                                                                     


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट