Techie IT
Samayabaddha
मंगलबार, ९ भदौ, २०८३

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार


काठमाडौं, २४ माघ । दलालको प्रलोभनमा परी युक्रेन पुगेर नौ महिनादेखि सेनाको कब्जामा रहेका दुई नेपालीको उद्धार गरिएको छ।

तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पालाई युक्रेनी सेनाले बुधबार माल्दोभामा छाडेको गैरआवासीय नेपाली संघका अध्यक्ष डाक्टर बद्री केसीले बताए । उनका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा उनीहरूलाई टर्किस एयरलाइन्सको जहाजमार्फत माल्दोभाबाट नेपाल फर्काउने व्यवस्था गरिएको छ। उनीहरू शुक्रबार दिउँसो काठमाडौँ आइपुग्नेछन्।

भारतको नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा उनीहरू युक्रेन पुगेका थिए।

उनीहरू गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थुनिएका थिए।

उद्धारमा जर्मनीका लागि नेपाली राजदूत डा। शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष डाक्टर केसीले बताए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट