धनगढीस्थित नोभा अस्पतालको चर्पीमा युवक मृत फेला
धनगढी, २४ माघ । कैलालीको धनगढीस्थित नोभा अस्पताल प्रालिको चर्पीमा एक युवक मृत भेटिनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका–६ सिसैयाका २५ वर्षीय रविन्द्र राना अस्पतालको चर्पीमा मृत भेटिएका हुन् । गएराति २ः३० बजेको समयमा युवक चर्पीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।
प्रहरीक अनुसार आफ्नो डेढ वर्षका भतिजाको कुरुवा बसेका राना राति करिब २ बजेतिर शौचालयमा गएका थिए । उनी धेरै बेरसम्म नफर्केपछि अस्पतालका सुरक्षागार्डले ढोका खोलेर हेर्दा राना मृत अवस्थामा भेटिएका हुन्। सेती प्रादेशिक अस्पतालमा मृतकको शव परीक्षण भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया