Techie IT
Samayabaddha
बिहीबार, १८ असार, २०८३

जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भन्दै धम्की दिने अस्मिता आचार्य पक्राउ


काठमाडौं, २४ माघ । हनी ट्रयाप संलग्न रहेको अभियोगमा चितवन रत्ननगर नगरपालिका ८ घर भई काठमाडौं महानगरपालिका १३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई प्रहरीले पक्राउ गरेको छ।

अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक–पटक मोबाइलमा सम्पर्क गरी माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी तथा परिवारमा समेत भनिदिन्छु भनी धम्की, डर त्रास देखाई पीडितसँग रकम असुली गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई मंगलबार कुलेश्वरबाट पक्राउ गरेको हो।

उनलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट