Techie IT
Samayabaddha
शनिबार, २३ फागुन, २०८२

दोहोरो अंकले घट्यो सेयर बजार


काठमाडौं, २४ माघ । साताको अन्तिम सेयर कारोबार दिन नेप्से परिसिूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन नेप्से ४४ अंकले घटेको थियो। सो दिन ८ अर्ब ९५ करोड मूल्य बराबरको सेयर करोबार भएको थियो।

आज ३१५ स्क्रिप्सको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयर ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार २८७ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले नेप्से ओरालो लाग्दा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। अपर लोहोरे खोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो।

दुई कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्यो। उपकार लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा साहास ऊर्जा शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३१ करोड ३५ लाख मूल्य बराबरको सेयर कारोबार भयो। नेपाल रिइन्स्योरेन्सको २२ करोड,बरुण हाइड्रोपावरको १८ करोड,सानिमा माइ हाइड्रोपावर र नाइटेड मोदी हाइड्रोपावरको १६र१६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

फाइनान्स समूहको उपसूचक बाहेक अन्य समूहको उपसूचक भने नकारात्मक देखिएका छन्। कारोबारमा आएकामध्ये ७४ स्टक्सको मृल्य वृद्धि हुँदा १६० वटाको घट्यो। ९ स्टक्सको मूल्य भने स्थिर रह्यो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट