Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

आजको मौसम : यी पाँच प्रदेशमा हिमपातको सम्भावना


काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । राति पनि यही सिलसिला जारी रहने महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भूभागहरूमा हुस्सु लाग्ने सम्भावना रहेकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट