Techie IT
Samayabaddha
मंगलबार, १ वैशाख, २०८३

बेइमानहरुको बिगिबिगी भएको समाजमा इमान्दार र सरल ढंगले जान्छु भन्ने सोच्नुभयो भने तपाईंलाई निराश बनाइहाल्छन् : बाबुराम भट्टराई


काठमाडौं, २७ माघ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले राजनीति समाजका समस्या समाधान गर्ने साधन भएको बताएका छन्।

काठमाडौंमा पार्टीको प्रथम महाधिवेशन उद्घाटन सत्रमा आइतबार बोल्दै अध्यक्ष भट्टराईले वैकल्पिक राजनीतिक शक्तिहरूको बीचमा नै विमर्श हुनुपर्नेमा जोड दिए।

‘बेइमान र ठगहरूको बिगबिगी भएको समाजमा सोझो इमान्दार र सरल ढंगले जान्छु भन्ने सोच्नुभयो भने तपाईंलाई निराश बनाइहाल्छन्। राजनीति भनेको ठिक र बेठिकको बीचको निरन्तर द्वन्द्व हो,’ उनले भने, ‘एउटा सत्तामुखी राजनीति, ढाँट, छल, तिक्डम, जालझेल, गरेर जसरी हुन्छ, चुनाव जित्ने, सत्तामा जाने, राज्यको दोहन गर्ने भन्ने छ। त्यो पुरानो राजनीति हो।’

उनले वैकल्पिक राजनीति भनेको रूपान्तरणकारी राजनीति भएको बताए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट