काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा हिजो भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ३९ जना घाइते भएका छन् ।
विद्यार्थी बोकेको बस दुर्घटना हुँदा चालक र एक आठ वर्षीय बालकको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यसैबीच सुर्खेतबाट भारतको प्रयागराज महाकुम्भमा जान गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको हो ।
प्रहरीका अनुसार घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ ।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया