बाँकेमा दुलही भित्र्याउने क्रममा दुई समूहबीच खुकुरी हानाहान

बाँके, २८ माघ । बाँकेको बैजनाथ गाउँपालिकामा अस्ति रातिको खुकुरी हानाहानमा घाइतेको उपचारको क्रममा निधन भएको छ । बैजनाथ गाउँपालिका–८, पुष्पनगरमा दुलही भित्र्याउने क्रममा दुई समूहबीच खुकुरी हानाहान भएको थियो ।
घाइते दिनेश रोकायाको उपचारको क्रममा भारतको लखनउमा हिजो मृत्यु भएको छ । स्थानीय सुवास बूढाको विवाहको क्रमा दुलही भित्र्याउने बेलामा झडप भएको हो ।
प्रहरीका अनुसार रामबहादुर राना र युवक दिनेश रोकाया समूहबीच हानाहान हुँदा घाइते आधा दर्जनको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार जारी छ । आधा दर्जन प्रहरी हिरासतमा छन् । हिजो अदालतबाट म्याद थपिएपछि अनुसन्धान थालिएको छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया