Techie IT
Samayabaddha
बुधबार, २६ कात्तिक, २०८२

मकवानपुरको भीमफेदीम ग्यास बुलेट पल्टियो


हेटौंडा, २८ माघ । मकवानपुरमा ग्यास बुलेट दुर्घटना भएको छ । त्रिभुवन राजपथ सडकखण्डअन्तर्गतको भीमफेदी गाउँपालिका वडा नम्बर १ त्रिखण्डी मन्दिर नजिकै बुलेट गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनाका कारण सो सडकखण्ड एकतर्फी मात्रै सञ्चालनमा रहेको समेत प्रहरीले जनाएको छ । आइतबार राति करिब ९ बजेतिर हेटौँडाबाट भैँसेतर्फ जाँदै गरेको एनएल ०१ के ११९७ नम्बरको १२ चक्के ग्यास बोकेको भारतीय बुलेट गाडी दुर्घटना भएको हो ।

ग्यास बुलेट पल्टिएको सडकको भित्ताको साइडबाट ट्रयाक खोलेर हाललाई अस्थायी रूपमा साना सवारीसाधनलाई एकतर्फी बाटो खोलिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालले बताए । ग्यास बुलेट दुर्घटनामा मानवीय क्षति भने नभएको उनको भनाइ छ । अर्यालका अनुसार ग्यास बुलेटका चालक र सहचालक दुवैजना सकुशल छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट