सरकारले संसदको कार्यसूचिबाट भ्रष्टाचार निवारण विधेयक हटाएको भन्दै माओवादीको आपत्ति

काठमाडौं, २९ माघ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको कार्यसूचिबाट भ्रष्टाचार निवारण विधेयक हटाएको भन्दै आपत्ति जनाएका छन्।
मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले सरकारले कार्यव्यवस्था परामर्श समितिकोले तोकेको कार्यसूची विपरित गएको भन्दै आपत्ति जनाएका हुन्। उनले सरकारले सरकारले संसदको मिनिमाइज र अपहेलना गरिरहेको आरोप समेत लगाए।
उनले सरकारले जे जे भन्यो संसदले त्यही गर्ने हो कि जनताको प्रतिनिधि भएको यो संस्थाले बनाएका विषयवस्तु सरकारले पालना गर्नुपर्ने हो ? भन्दै प्रश्न समेत गरे। उनले सरकारले विधायन सम्बन्धी विधेयक प्रस्तुत गर्दा समेत संसदको अभ्यास र परम्परा मिचेको आरोप लगाए ।
मंगलवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण ऐन सम्बन्धी संशोधन विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने उल्लेख थियो। तर अन्तिम समयमा आएर उक्त विधेयक कार्यसूचीबाट हटाएपछि प्रमुख प्रतिपक्षी दलले आपत्ति जनाएको हो।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया