Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

प्रतिनिधि सभाको बैठकमा माओवादी र रास्वपाको विरोध


काठमाडौं, २९ माघ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध जनाएका छन्।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई कुन प्रक्रियाअनुसार बोल्न समय दिएको हो भन्ने प्रश्नसहित माओवादी र रास्वपा सांसदहरूले विरोध गरेका थिए।

सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा राना मगरले सांसद खतिवडालाई बोल्न २ मिनेट समय दिएकी थिइन्। आकस्मिक र शून्य समय सकिएपछि खतिवडालाई बोल्न समय दिइएकोमा माओवादी र रास्वपा सांसदहरूले विरोध गरेका हुन्।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट