Techie IT
Samayabaddha
शुक्रबार, १९ असार, २०८३

पाथिभरामा केबलकार निर्माण रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दरपीठ


काठमाडौँ, २९ माघ । ताप्लेजुङको पाथिभरामा केबलकार निर्माण रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ।

यसअघि सोही प्रकृतिको रिट सर्वोच्चमा विचाराधीन रहेको भन्दै सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले रिट दरपीठको आदेश दिएका हुन्।

‘प्रस्तुत निवेदन दर्ताको सम्बन्धमा हेर्दा, सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ (२) रिट उही विषयमा कसैले अघि नै रिट निवेदन दायर गरी अदालतमा विचाराधीन रहेको विषय निवेदन दायर गर्न ल्याएको रहेछ भने सम्बन्धित अधिकारीले आधार र कारण खुलाई त्यस्तो लिखत दरपीठ गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ,’ सर्वोच्चले भनेको छ।

आदिवासी कानुन व्यवसायी संघका तर्फबाट लक्ष्मी तामाङले सर्वोच्चमा रिट निवेदन दिएका थिए। यसअघि किराँत याक्थुङ चुम्लुङको तर्फबाट आईन्द्र कुमार लिम्बुले २०७७ फागुन ३ गते रिट दर्ता गरेको र उक्त रिट विचाराधीन रहेको सर्वोच्चले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट