काठमाडौंको साँखुमा स्कुल बस दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको साँखुस्थित कात्तिकेमा स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परेर दुई जना विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।
चाबहिलस्थित एसएस एकेडेमीको बा २ ख ७०५८ नम्बरको बस दुर्घटनामा परेको हो । नगरकोटमा पिकनिक मनाएर फर्किएका स्कुल व्यवस्थापक, शिक्षक र विद्यार्थीसहित ४० जना घाइते भएका छन् ।
प्रहरीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरिरहेको छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया