आज जनयुद्ध दिवस मनाइँदै

काठमाडौं । जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। पार्टीले आज केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो।
शोषणबाट मुक्ति, विभेद र अन्यायबाट मुक्ति, उत्पीडन र तिरष्कारबाट मुक्ति, गरिबी र अभावबाट मुक्ति, विकास र प्रगति विरोधी विसङ्गति र दूर्गतिबाट मुक्ति, दीनता र दासताबाट मुक्ति, औपनिवेशिक हस्तक्षेपबाट मुक्तिको सौन्दर्य नै जनयुद्धको सौन्दर्य पनि थियो । यही सौन्दर्यका लागि हजारौँ सहिदहरूले क्रान्ति यज्ञमा आफ्नो जीवन नै आहूति गरिदिए ।
जनयुद्धमा त्याग, बलिदान, समर्पणको त्यो महायज्ञमा दशौंं हजार नेपाल आमाका होनहार, प्रातिभा, वीर सन्ततिहरूले आफ्नो अमूल्य जीवनको प्राणाहूति दिएका थिए । शोषणबाट मुक्ति, विभेद र अन्यायबाट मुक्ति, उत्पीडन र तिरष्कारबाट मुक्ति, गरिबी र अभावबाट मुक्ति, विकास र प्रगति विरोधी विसङ्गति र दूर्गतिबाट मुक्ति, दीनता र दासताबाट मुक्ति, औपनिवेशिक हस्तक्षेपबाट मुक्तिको सौन्दर्य नै जनयुद्धको सौन्दर्य पनि थियो । यही सौन्दर्यका लागि हजारौँ सहिदहरूले क्रान्ति यज्ञमा आफ्नो जीवन नै आहूति गरिदिए ।
वर्ग, जाति, लिङ्ग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका हरेक सामन्ती साङ्गलाहरू तोडेर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गरेको थियो । यसको परिणाम आज दूर्गम, सुदूरवर्ती, अनकण्टार गाउँमा पनि उज्यालो राजनैतिक चेतना, विचारको जागरण पैदा भएको छ । आज पिछडिएका, उपेक्षित, विकासबाट वञ्चित गाउँहरू पनि अभूतपूर्व रुपमा ब्युँझेका छन् । ग्रामीण र देहाती जनतामा समेत राजनीति पुगेको छ र आफ्नो हक, अधिकारका लागि, शोषणबाट मुक्तिका लागि माओवादी आन्दोलनको मूल्य र त्यसले दिएको ज्ञानको प्रकाश सञ्चार हुन पुगेको छ । मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, थारु समुदायहरुमा जुन सचेतना, जागरण र आफ्नो पहिचानप्रतिको जागरुकता आएको छ । त्यो परिवर्तन जनयुद्धकै देन हो भन्नेमा दुईमत नहोला ।
दुई सय पचास वर्षको सामन्तवादी राज्यसत्ताको प्रतिनिधि रुप राजतन्त्रको अवसान र गणतन्त्रको स्थापना, एकात्मक र केन्द्रीकृत राज्यको पुनर्संरचनाद्वारा सङ्घीयताको निर्माण र समानुपातिक, समावेशीताको विधिको स्थापना, आरक्षणका माध्यमबाट महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिमका स्थानीय निकायदेखि राज्यको माथिल्लो तहसम्म अनिवार्य प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता महत्वपूर्ण उपलब्धि हुन् । जकडिएर रहेको जडवत् रुढिवादी अन्धविश्वास, धार्मिक अतिवादी चिन्तन, धर्मशासित राज्य संयन्त्रलाई पनि धर्मनिरपेक्षताको प्रावधानले केही उदार बनाउन बाध्य पारेको छ ।
त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया