Techie IT
Samayabaddha
मंगलबार, २५ कात्तिक, २०८२

त्रिशूली नदीमा मोटरसाइकल खस्यो, चालक बेपत्ता


काठमाडौँ, २ फागुन । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् । शुक्रबार बिहान ११ः५५ बजे चितवनको ईच्छाकामना गा.पा.५ चट्टाने भीर (कालीखोला)मा डिभाइडरमा ठोक्किएर मोटरसाइकलसहित चालक नदीमा खसेका हुन् ।

बेपत्ता हुनेमा लमजुङ घर भई चितवनको भरतपुर बस्ने रोहित राना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्रको गोताखोर टोलीले मोटरसाइकल फेला पारे पनि चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट