अध्यादेश १० दिनपछि पेश गर्ने सत्तारूढ दलका प्रमुख सचेतकहरूको निर्णय
काठमाडौं, ४ फागुन । सत्तारुढ दलहरूको प्रमुख सचेतकहरूले विचाराधीन विधेयकहरूलाई चाँडै नै निष्कर्षमा पुर्याउने निर्णय गरेका छन्। आइतबार सिंहदरबारमा बसेको बैठकले विचाराधीन महत्वपूर्ण विधेयकहरूलाई दुवै हाउसबाट निष्कर्षमा पुर्याउने निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।
अध्यादेशहरू भने साता/दश दिनपछि पेश गरिने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। अहिले सांसदहरू उपत्यका बाहिर भएकाले केही दिन लाग्ने उनको भनाइ छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘कोही सांसद कुम्भ मेला जानुभएको छ। कोही निर्वाचन क्षेत्रमा हुनुहुन्छ। ६ गते पेश गर्ने भन्ने कुरा थियो। तर, सातारदश दिनपछि लैजाने कुरा भयो।’
प्रमुख सचेतक घिमिरेले अध्यादेश पारित गराउन जसपा नेपालसँग पनि सहज वातावरणमा कुरा भइरहेको बताए। उनले जसपा नेपालले गरिरहेको हैसियत अनुसारको डिमान्ड पनि सही भएको उल्लेख गरे।
क्याटेगोरी : समाचार


















प्रतिक्रिया